धादिङ स्पेशल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / स्वास्थ्य

धादिङमा आज ३५ जनामा डेङ्गी संकमण

धादिङमा आज ३५ जनामा डेङ्गी संकमण

धादिङ : पछिल्लो २४ घण्टामा धादिङमा ३५ जना डेङ्गीका बिरामी भेटिएका छन्। १८ जना पुरुष र १७ जना महिला गरी थप ३५ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा १९ जना, ज्वालामुखी गाउँपालिकामा ९ जना, सिद्धलेक गाउँपालिकामा ५ जना, त्रिपुरा सुन्दरी गाउँपालिकामा १ जना र गंगाजमुना गाउँपालिकामा १ जना रहेका छन्।
 

साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ६ सय ५२ पुगेको छ। जसमा पुरुष १ हजार २ सय ८७ र महिला १ हजार ३ सय ६५ जना छन्।

हालसम्मको कुल संक्रमितमध्ये २ हजार २सय २८ जना निलकण्ठका मात्रै छन् । संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल