Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङका थप ६ जनामा स्क्रब टाइफस संक्रमण भएको छ । आज ६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। संक्रमित सबै नीलकण्ठ नगरपालिकाका छन्।
अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय पुगेको छ। संक्रमितहरुमा ४३ जना पुरुष र ५७ जना महिला छन् । गत बर्ष २०७९/०८० मा पनि ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ४७ दिनको अवधीमा एकसय जना संक्रमित भईसकेका छन् ।
स्क्रब टाइफस संक्रमणबाट सिद्धलेकका १ जनाको मृत्यु समेत भएको छ । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।