Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। ३ हप्ताको अबधिमा संक्रमीत १ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ८४ जनामा संक्रमण पुष्टि भएको छ। थप ५२ जना पुरुष र ३२ जना महिला गरी ८४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाकामा ७७ जना, ज्वालामुखी गाउँपालिकामा ३ जना, सिद्धलेक गाउँपालिकामा २ जना, खनियाबास गाउँपालिकामा १ जना, रुवभ्यालि गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार १सय २५ पुगेको छ । जसमा पुरुष ५ सय ८९, महिला ५ सय ३६ जना छन् । हालसम्मको कुल संक्रमितमध्ये ९ सय ७८ जना निलकण्ठ नगरपालिकाका मात्रै छन् ।