राजनिति

गृहपृष्ठ राजनिति

समानुपातिकमा एमालेले कटायो २१ लाख मत

समानुपातिकमा एमालेले कटायो २१ लाख मत

काठमाडौं : प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको साँझ ६२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७ सय ४९ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २० लाख २७ हजार ४ सय १८ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८ सय ६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८ सय ९२ मत पाएको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३ सय २ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६ सय २४ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३ सय ४४ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल