अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

फिफा विश्वकप आज हुने तेस्रो फ्रान्सविरुद्ध डेनमार्क

फिफा विश्वकप आज हुने तेस्रो फ्रान्सविरुद्ध डेनमार्क

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार साविक विजेता फ्रान्सले डेनमार्कविरुद्ध प्रतिस्पर्धा गर्दैछ । फ्रान्सले डेनमार्कसँग स्टेडियम ९७४ मा खेल्नेछ ।  समूह ुडीु मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९४५ बजे सुरु हुनेछ ।

डेनमार्कविरुद्ध मैदान उत्रदा फ्रान्स लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोल अन्तरले हराएको थियो ।

यता, डेनमार्क पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । यस समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । डेनमार्क १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फ्रान्स र डेनमार्कबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा फ्रान्सले ८ खेल जित्दा डेनमार्कले ६ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ । 

सम्भावित सुरुआती ११

फ्रान्स : हुगो लोरिस, पाभार्ड, सालिबा, कोनाटे, लुकास हर्नान्डेज, चुवामेनी, कामाभिन्गा, राबीओट, ग्रीजम्यान, जिरुड, एमबाप्पे  

डेनमार्क  : कास्पर स्माइकल, डानिल वास, सिमोन कजेर, रास्मुस क्रिस्टेनसेन, जोआकिम मेह्ले, पिएरे इमिल होजवर्ग, थोमस डिलाने, आन्द्रेस ओल्सेन, क्रिस्टियन एरिक्सन, जास्पर लिन्ड्ट्रोम, कास्पर डोल्बर्ग

प्लेयर्स टु वाच 

यस खेलमा फ्रान्सका एन्टोनी ग्रीजम्यान र डेनमार्कका क्रिस्टियन प्लेयर्स टु वाचमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल