अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

पोल्यान्डलाई स्तब्ध पार्ने साउदी अरेबियाको लक्ष्य

पोल्यान्डलाई स्तब्ध पार्ने साउदी अरेबियाको लक्ष्य

काठमाडौ : फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच खेल हुनेछ ।

पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनालाई २–१ ले हराएर फिफा विश्वकप इतिहासको सबैभन्दा आश्चर्यचकित नतिजा निकालेको साउदी पोल्यान्डलाई पनि स्तब्ध पार्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ ।

यता पोल्यान्ड पहिलो जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो पार्न चहान्छ । पोल्यान्ड पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो । पोल्यान्डले सन् १९८६ पछि नकआउट चरण पार गर्न सकेको छैन । पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले विश्वकपमा गोल गनए सकेका छैनन् । उनी गोल गर्दै टोललिाई जिताउने योजनामा हुनेछ ।

पोल्यान्डले एसियाली प्रतिद्धन्द्धीविरुद्धको ८ मध्ये ६ खेलमा जित निकालेको छ । जसमा साउदीविरुद्धको तीन खेल पनि समावेश छ । साउदीसँगको सबै तीन खेल पोल्यान्डको पक्षमा छ । यि दुई टोलीले पछिल्लोपटक सन् २००६ मा प्रतिस्पर्धा गर्दा पोल्यान्ड २–१ ले विजयी भएको थियो । 

तर, अर्जेन्टिनामाथि पाएको जितले उत्साहित साउदी पोल्यान्डविरुद्ध पनि उच्च मनोवलका साथ मैदान उत्रनेछ ।अर्जेन्टिनाविरुद्धका गोलकर्ताद्धय सालेह अल शेहरी र सलेम अल डावसरी टोलीको मुख्य हतियार हुनेछ ।

सन् १९८६ मा मेक्सिकोमा भएको समूह चरणमा मोरक्कोसँग ०–० गोलको बराबरीमा सकिएपछि पोल्याण्डको मेक्सिकोसँगको बराबरी विश्वकपमा पहिलो खेल थियो । त्यसयता पोल्यान्डले १२ खेल खेल्दा बराबरीको नतिजा निकालेको थिएन । कामिल ग्लिक (३४ वर्ष २९२ दिन) फिफा विश्वकपमा पोल्याण्डका लागि खेल्ने सबैभन्दा पाको खेलाडी हुन् ।

साउदी अरेबियाले दोस्रो पटक विश्वकपमा लगातार दुई खेल जित्ने लक्ष्य राखेको छ । यसअघि साउदीले १९९४ मा लगातार दुई खेलमा जित निकालेको थियो ।

पोल्यान्डले विश्वकपमा ३५ खेल खेल्दा १६ जित, ६ बराबरी र १३ हारको नतजिा निकालेको छ । यता, साउदीले १७ खेल खेल्दा ४ जित, २ बराबरी र ११ हारको नतिजा निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल