धादिङ स्पेशल / नीलकण्ठ / कला/साहित्य / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / कला/साहित्य / नेपाल

मदन पुरस्कार विजेता नवराज लंसाललाइ गृहजिल्ला धादिङमा नागरिक अभिनन्दन 

मदन पुरस्कार विजेता नवराज लंसाललाइ गृहजिल्ला धादिङमा नागरिक अभिनन्दन 

धादिङ: यस वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक नवराज लंसाललाइ गृह जिल्ला धादिङमा भब्य सम्मान गरिएको छ । नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङको ब्यानरमा सम्मान कार्यक्रमको आयोजना गरिएको भएपनि लंसाललाइ धादिङवेशी बजारको चोक चोकमा आमनागरिकहरुको तर्फबाट बधाइ र सम्मानको ओइरो लागेको थियो ।

धादिङवेशी टोल सुधार समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु तथा साहित्यप्रेमीहरुहरुले धादिङवेशी पुछारबजारबाट ¥यालीको आयोजना गरि लम्साललाइ स्वागत गरेका थिए ।

सदरमुकाम आसपासका विद्यालयहरु किवो बोर्डिङ, एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, नीलकण्ठ मावि, नीलकण्ठ क्याम्पस, चिल्ड्रेनपार्क मावि, बालमन्दिर मावि, धादिङ बोर्डिङ लगायतका विद्यालयहरु र नीलकण्ठ नगरपालिकाको ३ नम्वर वडा कार्यालयले लंसाललाइ दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेका थिए ।

लंसालको स्वागत र सम्मानमा निकालिएको ¥याली मुलचोक, शान्तबजार, बीचबजार, क्याम्पस चोक, ३ नम्वर वडा कार्यलय र जिल्ला प्रशासन हुदै कार्यक्रम स्थल नीलकण्ठ नगरपालिकाको हलमा पुगेर सभामा परिणत भएको थियो । 

नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीको अध्यक्षतामा भएको अभिनन्दन समारोहमा नेपाल प्रेस युनियन, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङ र भानु प्रतिष्ठान धादिङद्धारा लंसाललाइ दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो ।

धादिङको माटोमा जन्मिएर नेपाली साहित्यमा यो किसिमको उचाइ हाँसिल गर्न सफल भएकाले सम्मान कार्यक्रमको आयोजना गरिएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नेपाली साहित्य जगतमा लंसालले पु¥याउनुभएको योगदान तथा लंसालको लेखनशैली र अग्नि महाकाब्यको विषयबस्तुको  बारेमा भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले चर्चा गर्नुभएको थियो । 

अभिनन्दन समारोहमा बोल्दै लंसालले विपन्न, मजदुर, दलित र पछाडी पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताउँदै मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाइ सम्वोधन गरिएको बताउनुभयो । 

गृहजिल्लामा पाएको यो भब्य सम्मानले आगामी दिनमा यस्ता पछि पारिएका समुदाय र विभेदमा बाँचेका समुदायको विषयमा अझै धेरे लेख्ने प्रेरणा मिलेको बताउनुभयो ।

लंसालद्धारा लिखित महाकाब्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली साहित्य जगतमा मदन पुरस्कारलाइ उच्च सम्मानको रुपमा लिइन्छ । वि सं २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको भएको थियो ।

वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान विदुषीहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने ४ लाख रुपैया राशीको उक्त पुरस्कार आगामी घटस्थापनाको दिन प्रदान गरिदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल