धादिङ स्पेशल / गल्छी / गजुरी / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / गल्छी / गजुरी / नेपाल

राजमार्गका एग्रोभेटहरुमा लापरवाही : ६ एग्रोभेटलाई जरिवाना, २ लाई हाजिर हुन निर्देशन

Nikantha Na Pa
राजमार्गका एग्रोभेटहरुमा लापरवाही : ६ एग्रोभेटलाई जरिवाना, २ लाई हाजिर हुन निर्देशन

धादिङ :  जिल्ला अनुगमन समितिले गजुरी गाउँपालिका र गल्छी गाउँपालिका क्षेत्रका ८ वटा एग्रोभेट पसलको अनुगमन गर्दा सबै पसलमा विभिन्न प्रकारका अनियमितता भेटिएको छ।

समितिको अनुगमनपछि ६ वटा एग्रोभेट पसललाई ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ भने दर्ता विना संचालनमा रहेका २ पसललाई ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

गजुरी गाउँपालिका वडा नं १ मा रहेको न्यू आर एस इन्टरप्राइजेजमा अनुगमनको क्रममा पसलमा आधिकारिक व्यक्ति नभएको, म्याद सकिएका बिउ तथा औषधि राखिएको, मूल्यसूची नराखिएको, बिउको पहिचान नहुने किसिमको विक्रि गरिएको, अनुमति बिना औषधि विक्रि गरिएको पाइएकाले हाललाई ५ हजार जरिवाना गरिएको हो। 

अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोयानाथ छत्कुलीका अनुसार पसल संचालक तिर्थराज उप्रेतीले गल्ती स्वीकार गर्दै माफी मागेका थिए।

अनुगमन टोलीका संयोजक रोशन राईको नेतृत्वमा गरिएको उक्त अनुगमनमा गजुरी–१ को विरगंज बिज भण्डार, गजुरी–६ को विष्णु भेटनरी, खतिवडा एग्रोभेट, गल्छी–७ को न्यू एग्रो सेन्टर, दिर्घायु भेटफर्मलाई पनि पाँच–पाँच हजार जरिवाना गरिएको छ।

Between Description 4

गल्छी–७ मा रहेको अधिकारी एग्रोभेट एण्ड क्लिनिक, जुन २०५४ सालदेखि सञ्चालनमा रहेको बताइएको छ, त्यहाँ व्यवसाय दर्ता, इजाजतलगायत आवश्यक कागजातहरू नभेटिएपछि ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ। यस्तै, गल्छी–४ मा सुकुमाया नेपालीले सञ्चालन गर्दै आएको एग्रोभेटलाई पनि एक हप्ताभित्र दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

गतवर्ष पनि अनुगमन गर्दा यस्ता कैफियत भेटिएको भए तापनि सुधार नभएको जनाउँदै सूचना अधिकारी छत्कुलीले यसपटकको अनुगमनमा समेत उत्पादन मिति नदेखिने, मूल्यसूची नराखिएको, सर्वसाधारणले नबुझ्ने किसिमको औषधि र बिउहरू विक्रिका लागि राखिएको पाइएकाले न्यूनतम जरिवानासहित कडाइका साथ सुधार गर्न आग्रह गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल