धादिङ स्पेशल / बेनिघाट / नेपाल / राजमार्ग

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / नेपाल / राजमार्ग

हुग्दीखोलामा पुल भासिँदा पृथ्वी लोकमार्गमा यातायात एकतर्फी

Nikantha Na Pa
हुग्दीखोलामा पुल भासिँदा पृथ्वी लोकमार्गमा यातायात एकतर्फी

धादिङ : धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दीखोला क्षेत्रको पुल भासिँदा पृथ्वी लोकमार्गमा यातायात एकतर्फी  भएको छ।

आइतवार अपरान्ज २ बजे पुल करिब साढे २ इन्च भासिँदा राजमार्गको एकतर्फी भाग बन्द भएको हो। घटनास्थल प्रहरी चौकी जोगिमाराबाट करिब ४ किलोमिटर पश्चिम पर्छ।

टनापछि ट्राफिक व्यवस्थापनका लागि जोगिमारा प्रहरी चौकीबाट प्रहरी निरीक्षक रामशरण बस्नेतको कमाण्डमा पाँचजना ट्राफिकसहितको टोली खटिएको छ। हालसम्म अन्य कुनै अप्रिय घटना वा क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

Between Description 4

सावधानीका लागि उक्त स्थानमा सवारी साधनलाई पालोपालो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सुरक्षा र यातायात व्यवस्थापनका लागि थप टोली पठाउने तयारीसमेत भइरहेको स्रोतले जनाएको छ।

पुल प्वाल परेर भएको घटनापछि सो स्थानमा सवारी एकतर्फी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल