Weather : 30.34° Celsius Kathmandu
गल्छी : धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नं ७ भल्टारस्थित पृथ्वीलोकमार्गमा दुई हाईस एकआपसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन्।
लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९४ नम्बरको हाईस र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७१४१ नम्बरको अर्को हाईस एक आपसमा ठोक्किदा दुबै सवारीमा रहेका यात्रुहरू घाइते भएका हुन्।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि तत्काल गल्छीस्थित अम्बे भरोसा अस्पतालमा लगिएको थियो। त्यसमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी चौकी गल्छीले जानकारी दिएको छ।
घटनापछि प्रहरी चौकी गल्छीबाट प्रहरी निरीक्षक चरीबहादुर तामाङको कमाण्डमा ट्राफिक टोली सहितको टोली घटनास्थलमा खटिएको थियो। दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन् ।
दुर्घटनाका घाइतेहरु
केशर कार्की चालक, लमजुङ बेँसीशहर – छातीमा भित्री चोट, अवस्था सामान्य।
शुशिला थापा, दोर्दी गाउँपालिका–२, लमजुङ – अनुहारमा चोट, अवस्था सामान्य।
रुपबहादुर थापा, दोर्दी गाउँपालिका–२, अनुहार, ढाड र दुबै खुट्टामा चोट, अवस्था मध्यम।
सुबिनी गुरुङ बेँसीशहर–८, लमजुङ – दायाँ खुट्टामा चोट, अवस्था मध्यम। ट्रमा सेन्टर रिफर।
सन्तोष गुरुङ, बेँसीशहर–८, लमजुङ – दायाँ खुट्टामा चोट, अवस्था सामान्य।
बसन्ती विक, बेँसीशहर–११, लमजुङ – बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
बिरेन्द्र विक, ज्वालामुखी गाउँपालिका–३, धादिङ – छातीमा भित्री चोट, अवस्था सामान्य।
हरिकृष्ण पन्त, गण्डकी गाउँपालिका–३, गोरखा – दुबै खुट्टा, दायाँ हात र अनुहारमा चोट, अवस्था मध्यम।
बोलु कुमारी गुरुङ, पोखरा महानगरपालिका–१५ – निधारमा चोट, अवस्था मध्यम। ट्रमा सेन्टर रिफर।
एलिना राई, धुनिबेँसी नगरपालिका–५, धादिङ – अनुहारमा चोट, अवस्था सामान्य।
इशाक राई, धुनिबेँसी नगरपालिका–५, धादिङ – बायाँ हातमा चोट, अवस्था सामान्य।
अमित थापा मगर, पोखरा महानगरपालिका–३० – बायाँ खुट्टामा चोट, अवस्था सामान्य।