धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / कृषि/सहकारी

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / कृषि/सहकारी

दुग्धजन्य पदार्थको उत्पादन र विक्रिवितरण गर्ने कृषकहरुलाई ब्यवसाय विकास तालिम

Nikantha Na Pa
दुग्धजन्य पदार्थको उत्पादन र विक्रिवितरण गर्ने कृषकहरुलाई ब्यवसाय विकास तालिम

धादिङ: नीलकण्ठ नगरपालिका क्षेत्रमा दुग्धजन्य पदार्थको ब्यवसाय गरिरहेका ब्यवसायी र कृषकहरुलाई लक्षित गरि ब्यवसाय विकास तालिम सुरु भएको छ ।

धादिङ उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको तालिम ४ दिन चल्ने छ । तालिममा नीलकण्ठ नगर क्षेत्रमा रहेर लामो समय अघिदेखि दुग्धजन्य पदार्थको उत्पादन र ब्यवसाय गरिरहेका ३१ जना कृषक तथा कृषकहरु सहभागी छन् ।

स्थानीय कच्चा पदार्थमा आधारित ब्यवसाय विकास कार्यक्रम अन्तरगत नीलकण्ठ नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको धादिङका उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारीले जानकारी दिए ।

दुग्धजन्य ब्यवसाय गरिरहेका किसानहरुलाई स्थानीय सरकारसंग जोड्न, दुग्धजन्य पदार्थहरुको विविधिकरण र बजारिकरणमा सहयोग गर्न तथा दुध उत्पादक किसानहरुलाई थप ब्यवसायिक बनाउने उद्येश्यले तालिम सञ्चालन गरिएको अधिकारीले बताए ।

तालिममा दुधको उत्पादन, विविधिकरण र बजारिकरण गरिरहेका सफल कृषक र ब्यवसायीहरुसंग अन्तरक्रिया गर्ने, अनुभव आदानप्रदान गर्ने, स्थलगत अध्ययन गर्ने ब्यवस्था गरिएको छ ।

त्यस्तै नीलकण्ठ नगरपालिकाको पशुशाखाका प्राविधिकहरुबाट दुग्धजन्य ब्यवसाय गर्दा पशुबस्तुहरुमा लाग्ने रोग, त्यसको पहिचान, उपचार, खोप र रोग न्युनिकरणका उपायहरु लगायतका प्राविधिक पक्षहरुबारेमा समेत जानकारी दिइने छ ।

Between Description 4

त्यसैगरि नीलकण्ठ नगरपालिकाको कृषि र पशुपालनसंग सम्वन्धित नीति, कार्यक्रम, अनुदान, नगरपालिकामा कृषहरुको आवद्धता लगायतको बारेमा कृषक र ब्यवसायीहरुलाइ जानकारी गराइने छ ।

त्यस्तै दुग्धजन्य पदार्थहरु ब्यवसायिक रुपमा उत्पादन गरी ब्यवसाय बृद्धि गर्ने, दर्ता गर्ने कर सम्वन्धि सूचना जानकारी, करप्रणाली लगायतका विषयमा करदाता सेवा कार्यालयमार्फत नै अभिमुखीकरण गरिने कार्यक्रम रहेको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ ।

तालिम उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, धादिङको उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार डल्लाकोटी, बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल