धादिङ स्पेशल / धुनीवेशी

गृहपृष्ठ धादिङ स्पेशल / धुनीवेशी
Pageutter

अवैध उत्खननमा सक्रिय ६ सवारी साधन धादिङ प्रशासनको नियन्त्रणमा

Nikantha Na Pa
अवैध उत्खननमा सक्रिय ६ सवारी साधन धादिङ प्रशासनको नियन्त्रणमा

धादिङ : धादिङको सिक्रेखोलामा स्वीकृति विना नै ढुङ्गा उत्खनन् गरिरहेका ६ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहितको टोलीले अनुगमनका क्रममा धुनिवेसी नगरपालीका(९ सिक्रेखोलामा विना इजाजत ढुङ्गा उत्खनन् भइरहेको सुूचनाका आधारमा छड्के अनुगमन गर्दा ३ एक्साभेटर र ३ टिफरलाई नियन्त्रणमा लिइको हो । उत्खनन् भएको स्थानमा पुग्दा एक्साभेटर र टिफरको चालक भने फरार भएका छन ।

समातिएका एक्साभेटरमा सवारी नम्बर समेत नराखि संचालन गरिएको भेटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

Between Description 4

समातिएका सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन भने उत्खनन् स्थलको थप अनुसन्धान गरी नियम अनुसार कारवाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

सिक्रेखोला क्षेत्रमा लामो समयदेखि अवैधरूपमा उत्खनन् हुने गरेको स्थानीयले बताएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3