Weather : 20.12° Celsius Kathmandu
भैरहवा : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साेमबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् ।
सो क्रममा मन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताउनुभयो । परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु आए पनि फिल्डमा आएर हेर्दा युवाहरुलाई कृषि उधममा लाग्ने वातवरण परियोजनाले बनाएको भेटिएकाे मन्त्री अधिकारीले बताए ।
यान्त्रिकरण सहितको आधुनिक कृषि आजको आवश्यकता भएकाले यस परियोजनालाई यसै तर्फ केन्द्रित गरीने मन्त्री अधिकारीले बताए । सरकारले गर्ने लगानी आमनागरिककै श्रोत भएकाले यसको सहि सदुपयोग गर्दै प्रतिफल लिनपनि किसान तथा उधमीहरुलाई मन्त्री अधिकारीले आग्रह गरे ।