संस्कृति/पर्यटन / नेपाल

गृहपृष्ठ संस्कृति/पर्यटन / नेपाल
Pageutter

गण्डकीकोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद पुरस्कार

Nikantha Na Pa
गण्डकीकोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद पुरस्कार

कास्की : पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ ।

गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको हो ।

झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूलाई नगद सहित सम्मान पनि गरिने छ । जहाँ प्रथम हुने समूहलाई रु ३१ हजार १ सय ३१ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने भएको छ ।

त्यस्का साथै दोस्रो हुने झाँकी समूलाई २५ हजार ५ सय २५, तेस्रो हुने समूहलाई रु २१ हजार १ सय २१ र चौथो हुने समूहलाई नगद रु १५ हजार ५ सय १५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ । 

त्यस्तै कास्की जिल्लाभन्दा बाहिरबाट सहभागी हुने साँस्कृतीक समूहलाई आउने जाने बस भाडाको व्यबस्था गरेको पनि आयोजकले जनाएको छ । 

Between Description 4

कार्यक्रममा सहभागी हुन चाहने गण्डकी प्रदेशमा रहेका झाँकी समूहले सम्पर्क गरेर पनि आफ्नो समूहको नाम दर्ता गर्न सक्नेछन् । जस्को लागि आयोजकले ९८५६०३२४७३, ९७६३२५२१२१ र ९७०५२५२१२५ नम्बरहरु सार्वजनीक गरेको छ ।

त्यस्तै गण्डकी कोटिहोम महायज्ञमा राष्ट्रिय भजन प्रतियोगीता, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता पनि आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3