धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति
Pageutter

स्ववियु चुनाव नजिकिए संगै नेविसंघ धादिङको समानान्तर समिति भङ्ग, गौलीलाई तोकियो अध्यक्ष

Nikantha Na Pa
स्ववियु चुनाव नजिकिए संगै नेविसंघ धादिङको समानान्तर समिति भङ्ग, गौलीलाई तोकियो अध्यक्ष

धादिङ: चैत ५ गतेको लागि तोकिएको स्ववियु चुनाव नजिकिदो छ । विभिन्न क्याम्पसहरुमा चुनावी रौनक बढिरहेका बेला पार्टी भित्रको चरम गुटवन्दीको सिकार बनेको नेविसंघ धादिङलाई भने स्ववियु चुनावले एक बनाएको छ ।

नेताको आन्तरिक गुटवन्दीको कारण समानान्तर गतिविधि गरिरहेको नेपाल विद्यार्थी संघ धादिङ दुइ वटा कार्यसमिति एक भएको छ । दुवै समिति भङ्ग गरि सुदीप गौलीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाइएको हो ।

विहीबार काठमाडौं स्थित जय नेपाल फाउण्डेशनमा दुजाङ सेर्पाबाट मनोनित भएका जिल्ला अध्यक्ष सुदीप गौलीको नेतृत्वको कार्यसमिति र धादिङवेशीमा भेला गरी अध्यक्ष घोषणा गरिएका दिनेश श्रेष्ठको नेतृत्वको कार्यसमिति भङग गरी सुदीप गौलीलाई नयाँ अध्यक्ष तोकिएको हो ।

नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङगाना निकट मानिएका गौलीलाई नेविसंघ केन्द्रिय अध्यक्ष दुजाङ सेर्पाले २०७९ फागुन ११ गते जिल्ला अध्यक्षमा मनोनित गरेका थिए ।

Sahid Memorial
Pageutter
Pageutter

जिल्लामा पार्टी नेतृत्वले गौलीको नेतत्वलाई अस्विकार गरिरहेका बेला २०८१ साउन ६ गते विद्यार्थीहरुको जिल्ला भेला गरी दिनेश श्रेष्ठको नेतृत्वमा समानान्तर अर्को समिति बनाएका थिए । श्रेष्ठ बर्तमान सभापति रामनाथ अधिकारी निकट हुन् ।

Between Description 4

दुवै समिति भङ्ग गरी अहिलेलाई अध्यक्ष मात्रै तोकिएको र सवै संगको सल्लाहमा पदाधिकारी घोषणा गरिने अध्यक्ष गौलीले टेलिपत्रलाई बताए ।

नेविसंघ धादिङका दुइ समिति अस्तित्वमा रहँदा स्ववियु चुनावलाई असर गर्ने र त्यसले सिंगो संठगनलाई क्षति पुर्याउने भएकाले मध्यमार्गी बाटो खोजिएको अध्यक्ष गौलिले बताए ।

दुवै समिति अध्यक्षले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गरेकाले तत्कालको लागि नेविसंघ धादिङको विवाद मत्थर देखिएको छ । तर आसन्न स्ववियु चुनावको टिकट वितरण र चुनावी नजिताले विवाद साच्चै मत्थर हुने हो कि झनै बल्झने हो त्यो भने हेर्न वाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3