Weather : 20.12° Celsius Kathmandu
धादिङ : नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित ससाह खोला नजिक बारीको पाटामा नवजात शिशुको शव फेला परेको छ ।
ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउमा रहेको केराको फेदमा रगतजन्य प्लाष्टिक र त्यसको केही माथी बारीको पाटामा नवजात शिशुको शव भेटिएको हो ।
स्थानीयका अनुसार केराको फेदमा रहेको प्लाष्टिकमा रगतले लतपत्तिएको अवस्थामा र केही माथी बारीको बाटामा शिशुको शव भेटिएको हो ।
प्लाष्टिकमा बेरेर शव पालिएको र कुकुर लगायत जनावरले बोकेर शव बारीमा पुर्याइएको हुनसक्ने अनुमान गरिएको छ ।
अन्दाजी तीन किलो नवजात शिशुको हत्या पश्चात फालिएको वा मृत बच्चा जन्माएर फालिएको विषयको केही थाहा हुन सकेको छैन ।
स्थानीयहरुले शिशुको शवलाई कागले ठुङ्दै गरेको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले घटनास्थलको जाँचमुचुल्का गरी घटनाको अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।
Photo : Shankar Shrestha/Journalist