धादिङ स्पेशल / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति

लोकतान्त्रिक यातायात ब्यवसायी संघको अध्यक्षमा राजेश प्रजापति सर्वसम्मत निर्वाचित

Nikantha Na Pa
लोकतान्त्रिक यातायात ब्यवसायी संघको अध्यक्षमा राजेश प्रजापति सर्वसम्मत निर्वाचित

धादिङ : धादिङमा नेपाली काँग्रेस निकट यातायात ब्यवसायीहरु संगठित बनेका छन् ।

धादिङवेशीको यातायात क्षेत्रका पुराना ब्यवसायी राजेश प्रजापतिको नेतृत्वमा लोकतान्त्रिक यातायात ब्यवसायी संघ धादिङ गठन गरिएको हो ।

पहिले काँग्रेसमै रहेका प्रजापति बीचमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपनि फेरी उनी काँग्रेसमै फर्किएका हुन् । केही साता अघि पार्टी केन्द्रिय कार्यालयमा उपसभापति पुर्ण बहादुर खड्काले टीका लगाएर प्रजाप्रतिलाई पार्टीमा भित्राएका थिए ।

संघको उपाध्यक्षमा राम कुमार बानिया, सचिवमा शम्भु सिलवाल, कोषाध्यक्षमा रुद्र बहादुर गिरी, सहसचिवमा रमेश ढुङ्गाना तथा सदस्यहरुमा विनोद विश्वकर्मा, कृष्ण प्रसाद रिजाल, रमेश श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, कृष्ण गुरुङ र उत्तम कुमार श्रेष्ठ रहेका छन् ।

Between Description 4

संघको कार्यसमिति घोषणा समारोहलाई सम्वोधन गर्नको लागि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा धादिङ आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल