Weather : 19.12° Celsius Kathmandu
धादिङ : चर्चित गायिक एलिना चौहानले पति विष्णु सापकोटा विरुद्ध दायर गरेको सम्वन्ध विच्छेद मुद्धाले यतिबेला गीतसंगीतको क्षेत्र तातेको छ ।
शुक्रवार जिल्ला अदालत काठमाण्डौमा सम्वन्ध विच्छेदको मुद्धा दायर गरेकी चौहान शनिवार नै स्टेज कार्यक्रमको लागि धादिङ आइपुगेकी थिइन ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको लोक साँस्कृतिक महोत्सवमा प्रस्तुती दिनको लागि शनिवार धादिङ आएकी चौहानले आफ्नो प्रस्तुतीको क्रममा घुमाउरो भाषामा ढुङ्गाले हान्नेहरुलाई फुलले जवाफ दिनुपर्ने बताएकी हुन् ।
धादिङ आउनुअघि सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै सम्वन्ध विच्छेद दुवैको सहमतिमा गरिएको र पति सापकोटालाई गाली नगर्न आग्रह गरेकी चौहानले धादिङको स्टेज कार्यक्रमबाट पनि धोका दिनेहरुलाई माया गरेर देखाइदिनुपर्ने बताइन् ।
आफ्नो थुप्रै चर्चित गीतहरु गाएर दर्शकलाई भरपुर मनोरन्जन गराएकी चौहानले तिम्ले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु भन्ने गीत गाउने बेलामा दर्शकहरुसामु धोका दिनेहरुलाई मायाको कट्टा हान्नुपर्ने बताएकी हुन् ।
'तपाइहरुको तिर कट्टा भनेको के हो ?' दर्शकहरुतिर माइक तेस्र्याउदै सोधेकि चौहानले दर्शकहरुले पेस्तोलको इशारा गरेपछि आफ्नो परिभाषामा भने कट्टा भनेको हातको इशाराले मायाको संकेत बनाउदै भनिन्, ‘धोका दिनेहरुलाई पनि मायाको कट्टा हानेर जवाफ दिनुपर्छ ।’
Photo: Manish Shrestha/Journalist