धादिङ स्पेशल / ज्वालामुखी / कला/साहित्य / मनोरञ्जन / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / कला/साहित्य / मनोरञ्जन / नेपाल

धादिङ लोक साँस्कृति महोत्सव : अन्तरपालिका लोकदोहोरी प्रतियोगीता ज्वालामुखी गाउँपालिकालाइ

Nikantha Na Pa
धादिङ लोक साँस्कृति महोत्सव : अन्तरपालिका लोकदोहोरी प्रतियोगीता ज्वालामुखी गाउँपालिकालाइ

धादिङ : धादिङ लोक साँस्कृति महोत्सवमा जारी अन्तरपालिका लोकदोहोरी प्रतियोगीता ज्वालामुखी गाउँपालिकाको टोलीले जित्न सफल भएको छ ।

ज्वालामुखी गाउँपालिकाको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी दिदीभाई सुरेन्द्र मगर र संगीना थापाको समुह प्रथम हुन सफल भएको हो ।

गजुरी गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने सफल अर्याल र सीता बरालको टोलीलाई हराउदै ज्वालामुखीबाट प्रतिनिधित्व गरेका दिदीभाईको टोली पहिलो हुदै नगद रु ५० हजार रुपैया हात पार्न सफल भएको हो ।

द्धितिय भएको गजुरी गाउँपालिकाको टोलीले भने ३० हजार रुपैया प्राप्त गरेको छ ।

त्यस्तै, सिद्धलेक गाउँपालिकाका भावना अर्याल र प्रदिप बराईली तथा नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समूहले भने बराबर अंक प्राप्त गरि तृतिय हुँदा नगद रु १५१५ हजार रुपैया प्राप्त गर्न सफल भए ।

राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सस्थापक महासचिव तेज बहादुर केसी मुख्य निर्णायक रहनुभएको प्रतियोगीतामा निकै कडा प्रतिस्पर्धा भएको महोत्सवका साँस्कृति संयोजक एवं राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य भरत बराकोटीले बताए ।

 

उनले भने, यस वर्षको प्रतियोगीताका प्रतिस्पर्धीहरु कडा कडा रहेकाले नतिजा निकाल्न निकै कठिन भयाे । केही अंक भारले मात्र प्रथम, द्धितिय र तृतिय भएका छन् । दुई समूहलाई त तेस्राे र चाैथो बनाउन पनि सकिएन र दुवैलाइ तेस्राे बनाउन पर्याे ।

Between Description 4

नजितालाई मुल्याङ्कन गर्दा धादिङ जिल्लाले लोकदोहोरी क्षेत्रमा अब्बल कलाकारहरु जन्माइरहेको प्रतियोगीताका सहभागीहरुबाटै पुष्टि भएकाे बराकोटीले बताए ।

विजयी प्रतियोगीहरुलाई महोत्सव मुल समारोह समितिले नगद सहित प्रमाणपत्र प्रदान गरेको छ ।

लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित धादिङमा पहिलो लोक सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो ।

धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र सस्कृतिको जगेर्ना गर्ने उद्येश्यका महोत्सवको आयोजना गरिएको र महोत्सवबाट धेरै हदसम्म उद्येश्य पुरा गर्न सफल भइरहेकाे महोत्सव मुल समारोह समितिका संयोजक दीपक कोइरालाले जानकारी दिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको महोत्सव २० गतेसम्म चल्ने भनिएपनि २२ गतेसम्मका लागि बढाइएको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल