धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

प्रेस चौतारी धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत चयन

Nikantha Na Pa
प्रेस चौतारी धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत चयन

धादिङ : अध्यक्षमा अर्जुन श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गर्दै प्रेस चौतारी नेपाल धादिङ शाखाको एघारौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नव निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा रेखबहादुर गुरु र सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, सहसचिवमा विनोद तमु र विरमान तामाङ तथा कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रिताकुमारी मगर, अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य चयन हुँदा केन्द्रीय प्रतिनिधिमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी, श्रीहजुर सिलवाल चयन भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधि तर्फ रिता कुमारी मगर, लक्ष्मी भुजेल, सुदिप अधिकारी, बिरमान तामाङ चयन भएका छन् ।

Between Description 4

अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेकपा एमाले धादिका इन्चार्ज खेम लोहनीले अवको युग भनेको साइवर वारको युग भएकाले पार्टीका गतिविधिहरुलाई इन्टरनेटको दुनियामा प्रचार प्रसार गर्नको लागि प्रेस चौतारी सक्रिय भएर लाग्नुपर्ने धारणा ब्यक्त गरे ।

सम्मेलनमा प्रेस चौतारीका केन्द्रिय उपाध्यक्षहरु हीरामान लामा, गणेश पाण्डे, महासचिव राजेश राइ नेता विश्वमणी सुवेदी, सचिव विष्णु तारुके, केन्द्रिय सदस्य धर्मेन्द्र दाहाल सदस्य शालिग्राम नेपाल, लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनकै अवसरमा पत्रकार उपेन्द्र अधिकारीलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार वितरण प्रदान गरिएकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल