धादिङ स्पेशल / खेलकुद

गृहपृष्ठ धादिङ स्पेशल / खेलकुद

धादिङवेशीमा सुमन स्मृति नाइन ए साइड फुटवल प्रतियोगीता हुने, पुरस्कार १ लाख ७५ हजार

Nikantha Na Pa
धादिङवेशीमा सुमन स्मृति नाइन ए साइड फुटवल प्रतियोगीता हुने, पुरस्कार १ लाख ७५ हजार

धादिङ : धादिङवेशीमा सुमन स्मृति नाइन ए साइड फुटवल प्रतियोगीता हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ निवासी फुटवल खेलाडी सुमन श्रेष्ठको स्मृतिमा धादिङ फुटबल क्लबले प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

आगामी फागुन १२ गतेदेखि १७ गतेसम्म आयोजना गरिने लागेको प्रतियोगीता खुल्ला नक आउट राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको हुने धादिङ फुटवल क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिए । 

धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा ज्यान गुमाएका नीलकण्ठ नगरपालिका ३ का सुमन श्रेष्ठको सम्मान स्वरुप उनकै नाममा खुल्ला फुटबलको आयोजना गरिएको मंगलबार पत्रकार सम्मलेन गरि जानकारी दिइएको हो ।

धादिङ जिल्लाकै सर्वाधिक धनराशि रहेको पहिलो प्रतियोगिता देशभरबाट क्लव तथा टिमहरु सहभागी हुन पाउनेगरी प्रतियोगिताको आयोजना गरिएको धादि फुटवल क्लवका अध्यक्ष भण्डारीले बताए ।

Between Description 4

उनले भने, यस प्रतियोगितामा जहाँसुकैबाट जुनसुकै क्लवले सहभागी पनि सहभागी हुन पाउने छ । रष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जो ल्याउन पनि पाउने तर उक्त जानकारी टिम दर्ताकै बेलामा हुनुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजारसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ, भने दोस्रोले ७५ हजार मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् । साथै सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई २५ हजार रुपैंया र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुसासित टिम र हरेक खेलमा म्यान अफ दी म्याचलाई बिशेष पुरस्कारले पुरस्कृत गरिने छ ।

त्यस्तै फुटबल उद्घाटन हुनु अगाडी खुल्ला पुरुष म्याराथुन प्रतियोगिता पनि हुने छ । म्याराथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल