धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

नीलकण्ठ बालमन्दिर माविको लेखनदौड, साढे ८ हजार शब्द लेख्ने सन्ध्या तिमल्सिना प्रथम

Nikantha Na Pa
नीलकण्ठ बालमन्दिर माविको लेखनदौड, साढे ८ हजार शब्द लेख्ने सन्ध्या तिमल्सिना प्रथम

धादिङ : नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय अन्तर्गत नीलकण्ठ रिडर्स क्लवले आयोजना गरेको लेखन दौड प्रतियोगिता (Writing Marathon) को उपाधी कक्षा १० कि छात्रा सन्ध्या तिमल्सिनाले जितेकी छिन् ।

उनले 'मेरो सपनाको नयाँ नेपाल' शीर्षकमा  ७ घण्टा २६ मिनेटसम्म लगातार लेखेकी थिइन् । तिमल्सिनाले ८ हजार ७ सय ४० शब्दमा आफ्नाे लेख प्रस्तुत गरेकी थिइन् ।

प्रतियोगीतामा ८ घण्टा १ मिनेटमा ८ हजार ६ सय ७ शब्दको लेख लेखेकी कक्षा ९ कि छात्रा कृति श्रेष्ठले दोस्रो स्थान हात पार्दा ८ घण्टा १ मिनेटमै ७ हजार २ सय ७ शब्द लेखेकी कक्षा ८ कि छात्रा इशा थापा तृतीय भएकी छिन् ।

त्यस्तै ८ घण्टा १ मिनेटसम्म लगातार लेखेर अघिल्लो म्याराथनको रेकर्ड बे्रक गर्ने अन्य ६ प्रतियोगीहरुलाई सान्त्वना पुरस्कार प्रदान गरियो । जसमा कक्षा १० कि अनुष्का केसी, कक्षा ८ कि रोशनी तामाङ, कक्षा ९ का उमेश तामाङ, कक्षा १० कै आयुस भण्डारी, कक्षा ८ कि भुमिका तामाङ र कक्षा १० कि उमा तामाङ रहेकी छिन् ।

नीलकण्ठ रिडर्स क्लवले नै अघिल्लो वर्ष आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले लगातार ६ घण्टा १ मिनेट लेखेका थिए ।

विद्यार्थीहरुले लेखेको विषयबस्तुलाई समयसीमा, शब्दसंख्या, लेखन विषयबस्तुको क्षेत्र, प्रस्तुती शैली र ब्याकरणलाई आधार मानेर मुल्याङ्कन गरिएको थियो । प्रतियोगीताको निर्णायकमा अंग्रेजी शिक्षकहरु राजेन्द्र रानामगर, लोकनाथ सुवेदी र नवराज अधिकारी रहेका थिए ।

प्रतियोगीतामा लेख्न सुरु गरेपछि ३० सेकेण्डभन्दा बढी समय लेख्न रोकिनेलाई प्रतिस्पर्धाबाट अलग गराउदै लगिएको थियो ।

 

कक्षा ६ देखि १० सम्मका ५१ जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगीता सुरु भएको ८ घण्टा १ मिनेटपछि पनि लगातार लेखिरहेका ८ जना विद्यार्थीहरुलाई आयोजकले नै रोक्न बाध्य भएको थियो ।

Between Description 4

क्लवका शिक्षक संयोजक दीपेन्द्र रिजालले भने, ‘उनीहरुको स्वास्थ्य अवस्थाको मध्यनजर गर्दै प्रतियोगीता समाप्त भएको घोषणा गर्न बाध्य भयौं, विद्यार्थीहरु अझै पनि लेखिरहेका थिए, यदि लेख्न दिइरहेको भए अरु २÷३ घण्टा पनि थप लेख्ने थिए ।’

विद्यार्थीहरुको पठनपछिको लेखनसीप क्षमता बृद्धि गर्ने, विद्यार्थीहरुको सिर्जनशिल र कल्पनाशिल क्षमताको विकास गर्ने, धैर्यता विकास गर्ने र विद्यार्थीहरुमा आफ्नो लेखन क्षमता तथा प्रतिभाको पहिचान गर्ने उद्येश्यका साथ लेखन दौड (राइटिङ म्याराथन) प्रतियोगीता आयोजना गरिएको नीलकण्ठ रिडर्स क्लवका शिक्षक संयोजक रिजालले जानकारी दिए ।

नीलकण्ठ रिडर्स क्लवले विद्यार्थीहरुको पठनसीप विकास गर्न, पुस्तक अध्ययनमा सहयोग गर्न तथा लेखन क्षमता विकासका लागि विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ । साथै विद्यालयको हरेक कक्षामा बुक कर्नर स्थापना गरेर विद्यार्थीको पठनसीप विकासमा सहयोग गरिरहेको छ ।

नीलकण्ठ बालमन्दिर माविको यस्तो अभ्यास सायद नेपालमै पहिलो पटक भएको शिक्षक संयोजक दीपेन्द्र रिजालले दावी गरे ।

क्लवको अध्यक्ष कक्षा ९ कि छात्रा प्रंशसा गुरुङ रहेकी छिन् । क्लवले अघिल्लो वर्षपनि लेखनदौड प्रतियोगीता गरेको थियो भने पाठक प्रतिक्रिया प्रतियोगीता पनि सम्पन्न गरिसकेको छ ।

प्रतियोगीतामा प्रथम भएकी सध्या तिमल्सिनाले लेखेको लेख यहाँ क्लिक गरेर हेर्नुहोस ।

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल