धादिङ स्पेशल / नीलकण्ठ / आर्थिक / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / आर्थिक / नेपाल

ग्यास रिफिलिङ सेन्टरमा धादिङ प्रशासनको छड्के, 'त्रिवेणी' ग्यासमा शिलबन्दी, 'श्रीमाया'लाई २ लाख जरिवाना

Nikantha Na Pa
ग्यास रिफिलिङ सेन्टरमा धादिङ प्रशासनको छड्के, 'त्रिवेणी' ग्यासमा शिलबन्दी, 'श्रीमाया'लाई २ लाख जरिवाना

धादिङ: जिल्ला प्रशासन कार्यालय धादिङले राजमार्ग क्षेत्रमा सञ्चालित विभिन्न कम्पनीहरुको ग्यास रिफिलिङ सेन्टरमा छड्के अनुगमन गरेको छ ।

पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा रहेको कावसन्स इन्डष्टिज प्रा.लि (श्रीमाया ग्यास) र बेनिघाट रोराङ गाउँपालिकाकै वडा नं ९ मा रहेको त्रिवेणी ग्यास उद्योग प्रालिमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा श्रीमाया ग्याँस उद्योगमा निकै अब्यवस्थित र लापरवाही गरेको, खाली सिलिण्डरमा कालो पदार्थ भेटिएको, खाली सिलिण्डरहरुको तौल पनि मापदण्ड भन्दा बढी देखिएको तथा आकस्मिक विद्युत आपुर्ति ब्यवस्थित नभएको पाइएकाले जिल्ला प्रशासनले तत्कालै उक्त कम्पनीलाई २ लाख जरिवाना गराएको छ ।

त्यस्तै त्रिवेणी ग्यास उद्योग ने प्रशासनले सिलबन्दी गरिदिएको छ । त्रिवेणी र एचपी ग्यास रिफिलिङ गर्ने अनुमती पत्र भएपनि सोही कम्पनीको कम्पाउण्डमा राजधानी ग्यासको सिलिण्डर भेटिएपनि राजधानी ग्यासका कागजातहरु सञ्चालकले पेश गर्न नसकेको प्रशासनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र सो सम्वन्धी प्रचलित कानुन अनुसार उद्योगहरुमा जरिवाना र सिल गरिएको प्रशासनले जनाएको छ ।

Between Description 4

अनुगमनका क्रममा बजारमा पठाउन लागेका सिलिण्डरहरु चेकजाँच गर्दा कम तौलको भेटिएको, खाली सिलिण्डरको तौलपनि मापदण्ड भन्दा बढी भएको, उद्योगमा प्राविधिक जनशक्ती नै नभएको तथा सरसफाइमा निकै वेवास्ता गरेको भेटिएकाले उक्त कम्पनीमा सिलवन्दी गरिएको हो ।

मापदण्ड पुरा गरेर आवश्यक कागजात लिई जिल्ला प्रशासन आउन जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।

धादिङको पृथ्वीराजमार्ग क्षेत्रमा दर्जन भन्दा बढी ग्यास कम्पनीका रिफिलिङ सेन्टरहरु रहेका छन् । नियामक निकायले समय समयमा अनुगमन नगरिदिदा ती ग्यास उद्योगहरुमा निकै लापरवाही र जोखिम देखिने गरेको छ ।

उद्योग आसपासका स्थानीय समुदाय समेत जोखिममा परेको आवाजहरु पटक पटक आउने गरेको भएपनि स्थानीय प्रशासनको अनुगमन भने नियमित रुपमा हुन सकेको छैन ।

FilePhoto : श्रीमाया ग्यास रिफिलिङ गने ठाउँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल