धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

श्रोत सहकारीको आयोजनामा हाँजिरीजवाफ प्रतियोगिता, धादिङ बोर्डिङ प्रथम

Nikantha Na Pa
श्रोत सहकारीको आयोजनामा हाँजिरीजवाफ प्रतियोगिता, धादिङ बोर्डिङ प्रथम

धादिङ : जिल्लाकै अग्रणी सहकारी श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको हाँजिरी जवाफ प्रतियोगीतामा धादिङ आवासीय माध्यमिक विद्यालय (धादिङ बोर्डिङ) ले प्रथम हुन सफल भएको छ ।

माध्यमिक विद्यालय स्तरीय (कक्षा ९ र १०) प्रतियोगीतामा नीलकण्ठ नगरपालिका भित्रका सामुदायिक र सस्थागत गरी १२ वटा विद्यालय सहभागी भएका थिए । 

न्यु किवो बोर्डिङ स्कुलको प्राङगणमा भएको प्रतियोगीतामा दोश्रो स्थान चिल्डेनपार्क बोर्डिङले हात पार्दा तेस्रो न्यु किवो बोर्डिङ र चौथो भैरवी मा.वि भएको थियो ।

सहकारीका अध्यक्ष रुद्र बहादुरखत्रीले प्रतियोगीतामा विजयी हुने विद्यालयका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

Between Description 4

सहकारीको शिक्षा उपसमितिको संयोजनमा उक्त हाँजिरी जवाफ कार्यक्रम आयोजना गरिएको थियो ।
माध्यमिक तहका विद्यार्थीहरुलाई सहकारीको अवधारणा बुझाउन, विद्यार्थीहरुको विधागत क्षमता प्रस्फुटन गराउन, सहकारीका गतिविधिहरुको सकारात्मक सन्देश आम नागरिक समक्ष पुयाउन तथा विद्यार्थीहरुलाई पनि सहकारीको ऐन नियम बुझाउने उद्येश्यका साथ माध्यमिक विद्यालय स्तरीय हाँजिरी जवाफ कार्यक्रम राखिएको सहकारीका महासचिव नवराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल