धादिङ स्पेशल / नीलकण्ठ / खेलकुद / मनोरञ्जन

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / खेलकुद / मनोरञ्जन

धादिङमा पाँचौ मेयरकप राष्ट्रिय ब्याडमिन्टन सुरु, ८ विधामा २०० खेलाडीको प्रतिस्पर्धा

Nikantha Na Pa
धादिङमा पाँचौ मेयरकप राष्ट्रिय ब्याडमिन्टन सुरु, ८ विधामा २०० खेलाडीको प्रतिस्पर्धा

धादिङ : धादिङवेशीमा ५ औं मेयर कप राष्ट्रिय स्तरीय आमन्त्रित खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

को सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको उक्त प्रतियोगीताको उपप्रधानमन्त्री प्रकाशमान सिंहले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

औपचारिक उद्घाटन अघि नै स्थानीय स्तरको प्रतियोगीता भने सुरु भइसकेको थियो ।

नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा निलकण्ठ नगरपालिका स्थित धादिङवेशी कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न ८ इभेन्टहरू समावेश गरिएको छ ।

जसमा जिल्ला स्तर पुरुष युगल बि, जिल्ला स्तर पुरुष युगल ‘सी’, राष्ट्रिय स्तर पुरुष एकल, राष्ट्रिय स्तर महिला एकल, राष्ट्रिय स्तर पुरुष युगल (¥याकिंङ २० बाहेक मात्र) राष्ट्रिय स्तर भेन्ट्रास ९० केजी माथि पुरुष युगल र राष्ट्रिय स्तर भेन्ट्रास १२० केजी माथी पुरुष युगल समावेश गरिएको छ ।

प्रतियोगितामा बिभिन्न जिल्लाबाट दुई सय बढी खेलाडीहरु सहभागी हुने धादिङ जिल्ला ब्याडमिन्टन संघ अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

Between Description 4

जिल्ला स्तर पुरुष युगल बि तर्फ प्रथम पुरस्कार २५ हजार, द्धित्तिय १२ हजार र तृतीय १२ हजार (शिल्ड मेडल र प्रमाणपत्र), जिल्ला स्तर पुरुष युगल सी तर्फ प्रथम पुरस्कार २० हजार द्धित्तिय १० हजार, र तृतीय १० हजार(शिल्ड मेडल र प्रमाणपत्र) रहेको छ ।

यस्तै राष्ट्रिय स्तर पुरुष एकलतर्फ प्रथम ५० हजार, द्धित्तिय २५ हजार र तृतीय २५ हजार(शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर महिला एकलतर्फ प्रथम ४० हजार, द्धित्तिय २० हजार र तृतीय २० हजार(शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर पुरुष युगल तर्फ प्रथम ४० हजार, द्धित्तिय २० हजार र तृतीय २० हजार(शिल्ड मेडल र प्रमाणपत्र), राष्ट्रिय स्तर पुरुष युगल (¥याकिंङ २० बाहेक मात्र) तर्फ प्रथम ५० हजार, द्धित्तिय २५ हजार र तृतीय २५ हजार(शिल्ड मेडल र प्रमाणपत्र) रहेको आयोजकले जनाएको छ ।

प्रतियोगीता माघ १२ गते शनिवार सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल