धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा

प्रधानाध्यापकको क्षमता बढाउँदै शिक्षा विकास तथा समन्वय एकाई 

Nikantha Na Pa
प्रधानाध्यापकको क्षमता बढाउँदै शिक्षा विकास तथा समन्वय एकाई 

धादिङ : सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको जिल्ला स्तरीय बैठक तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। 

जिल्ला विकास तथा समन्वय इकाई धादिङको आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम जिल्ला समन्वय समिति धादिङको  सभाहलमा सम्पन्न भएको हो। 

कार्यक्रममा जिल्ला भित्रका ९५ माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा ८ पालिका शिक्षा शाखा प्रमुखहरूको सहभागीता रहेका थियोे ।

Between Description 4

नेतृत्व, विद्यालय व्यवस्थापन, परिक्षामा सुधार लगायतका विषयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, र अभिभावकलाई सकारात्मक प्रेरणा दिन कार्यक्रम आयोजना गरिएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख भुमिलाल सुवेदीले जानकारी दिनुभयो । 

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा.डा. बासुदेब सुवेदी, नारायणी माविका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले सहजीकरण गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल