धादिङ स्पेशल / कला/साहित्य / मनोरञ्जन

गृहपृष्ठ धादिङ स्पेशल / कला/साहित्य / मनोरञ्जन

राष्ट्रिय संगीतकर्मी संघ धादिङको अध्यक्षमा रजनी लामा चयन

Nikantha Na Pa
राष्ट्रिय संगीतकर्मी संघ धादिङको अध्यक्षमा रजनी लामा चयन

धादिङ : राष्ट्रिय संगीतकर्मी संघ धादिङको अध्यक्षमा रजनी लामा चयन भएकी छिन् ।

कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ धादिङको सातौं साधारण सभा तथा चौथौं अधिवेशनले रजनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

वरिष्ट उपाध्यक्षमा सुमन बि.टी, उपाध्यक्षमा दुर्गा बिडारी, रबि भट्टराई, यसोदा बिडारी, दशरथ डंगोल, दिपक बराल, सचिवमा राजेन्द्र दुतराज, उपसचिवमा देवी सिटौला, कोषाध्यक्षमा इन्द्र तामाङ्ग, सह कोषाध्यक्षमा बिना परियार, प्रवक्तामा विकाश घिमिरे, प्रचार प्रसार प्रमुखमा रस्मिता रिजाल, जनसम्पर्क विभाग प्रमुखमा सितल गिरी र कार्यक्रम संंयोजकमा इश्वर सेन्चुरीलाई चयन गरेको हो ।

Between Description 4

त्यसैगरी, सल्लाहकारहरुमा निलम पन्त र कुमार बैरागी रहेका छन् । यस अघि संघको अध्यक्षमा राजाराम डंगोलले नेतृत्व लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
50 %
Laugh
50 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल