धादिङ स्पेशल / नीलकण्ठ / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / स्वास्थ्य

माघ २२ गतेदेखि धादिङका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप दिइने

Nikantha Na Pa
माघ २२ गतेदेखि धादिङका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप दिइने

धादिङ : धादिङमा माघको २२ गतेदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप लगाइने भएको छ ।

धादिङ जिल्लाभरका १० वर्षदेखि १४ वर्ष सम्मका किशोरीहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । खोप अभियान फागुन ५ गतेसम्म चल्ने छ ।

एच.पि.भि खोप महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने खोप हो । डव्लु.एचओ.आई.पि.डि का डाक्टर सस्मिता बास्तोलाका अनुसार प्रजनन् उमेर सुरु हुनु अगावै एच.पि.भि खोप दिएमा किशोरीहरुको पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने भएकाले यो खोप लगाउन सुरु गरिएको हो ।

महिनावारी भएको बेला सामान्य रुघाखोकी ज्वरो आएको बेलामा पनि यो खोप लगाउन मिल्छ । यो खोपले टाउको दुख्ने, सामान्य ज्वरो आउने, जिउ दुख्ने, रिंगटा लाग्ने, माशंपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने जस्ता सामान्य लक्षण देखिन सक्ने भएकाले यसबाट नआतिइ  खोप अभियानमा सहभागी हुन सवैलाई डा.बास्तोलाले अनुरोध गरेका छन् ।
 

नेपालमा वि.स. २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर रोग निवारण गर्ने लक्ष अनुसार एच.पि.भि खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर श्याम पोखरेलले जानकारी दिए ।

Between Description 4

धादिङ जिल्लाका २ सय  ४० विद्यालय खोप केन्द्र, ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र मार्फत कक्षा ६ देखी १० सम्मका १३ हजार ७९ जना र विद्यालय बाहिर रहेका ८ सय ९४ जना यो खोपमा समावेश हुने पोखरेलको भनाई छ ।

धादिङ जिल्लामा माघ २२ गतेदेखि  २६ गतेसम्म नीलकण्ठ नगरपालिका, ज्वालामुखी, त्रिपुरासुन्दरी, गंगाजमुना, खनियावास, रुविभ्याली, नेत्रावति, सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा फागुन १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल