Weather : 13.12° Celsius Kathmandu
धादिङ : नेशनल प्याब्सन धादिङको अध्यक्षमा न्यु किवो बोर्डिङ स्कुलका प्रिन्सिपल प्रयास रेग्मी चयन भएका छन् ।
संस्थाको २२ औं साधारण सभा तथा आठौं अधिवेशनबाट रेग्मीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा अभिषेक बसौला, सचिवमा विजय खतिवडा, कोषाध्यक्षमा सिताराम महत, सदस्यहरुमा बलराम सिलवाल, शोभा कट्टेल तिवारी र विशाल श्रेष्ठ चयन हुन् ।
शनिवार धादिङवेशीमा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य काशीनाथ कोइरालाको प्रमुख आथित्यता रहेको थियो ।
अध्यक्षमा चयन भएपछि मन्तब्य राख्दै अध्यक्ष रेग्मीले निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षक हरुको पेशागत क्षमता अभिबृद्धि तथा अध्ययनरत बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा एन प्याब्सन प्रतिवद्ध भएर लाग्ने बताए ।