धादिङ स्पेशल / नीलकण्ठ / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल

२७ औं भुकम्प सुरक्षा दिवस विद्यालयका बालबालिकाहरुसंग अन्तरक्रिया गरेर मनाइयाे

२७ औं भुकम्प सुरक्षा दिवस विद्यालयका बालबालिकाहरुसंग अन्तरक्रिया गरेर मनाइयाे

धादिङ : २७ औं भुकम्प सुरक्षा दिवस विद्यालयका बालबालिकाहरुसंग अन्तरक्रिया गरेर मनाइएको छ ।

भुकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पुर्व तयारीको साथ भन्ने मुख्य नाराको साथ विपत ब्यवस्थापन समिति धादिङ, सघन सहरी तथा भवन निर्माण आयोजना र नीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

नीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पशुपती माद्यमिक विद्यालयका बालबालिकाहरु, शिक्षक तथा अभिभावकहरुसंग अन्तरक्रिया गरेर दिवस मनाइएको हो । विद्यालय तहका बालबालिकाहरुसंग भुकम्प प्रतिरोधी र पुर्वतयारी सम्वन्धि जनचेतना बृद्धि गराउने उद्येश्यका साथ विद्यालय तहमा कार्यक्रम गरेर सुरक्षा दिवस मनाइएको विपत ब्यवस्थापन समिति धादिङले जनाएको छ ।

कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर इमरान आलमले भुकम्पबाट कसरी सुरक्षित रहने संरचना बनाउने, कस्ता घरहरु भुकम्पबाट सुरक्षित रहन्छन्, घर निर्माण गर्दा केकस्ता कुरामा ध्यान दिए सुरक्षित र बलियो हुन्छ भन्ने कुराहरुको जानकारी गराउनुभएको थियो ।

Between Description 4

कार्यक्रममा शसस्त्र प्रहरी आश्रित गुल्म धादिङले भुकम्प गइहालेको के गर्ने के नगर्ने र कस्तो पुर्वतयारी गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शन गरेको थियो ।

कार्यक्रममा सहभागी नीलकण्ठ नगरपालिकाका कार्यबाहक मेयर दीपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपेंद्र शाही , शसस्त्र प्रहरी आश्रित गुल्मका प्रमुख लक्ष्मी थपलिया, नीलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष धर्मराज भण्डारी लगायतले बोल्दै भुकम्पको अति जोखिम रहेको नेपालमा बलियो संरचना निर्माण र यसको पुर्वतयारीले ठुलो धनजनको क्षति हुनबाट जोगाउन सकिने बताएका छन् । 

भुकम्प प्राकृति विपत भएको त्यसलाई रोक्न नसकिने भएकाले यसको पुर्वतयारी गर्ने, गइहालेको खण्डमा सुरक्षा मापदण्ड अपनाउने र कुनैपनि किसिमको संरचना निर्माण गर्दा बलियो र भुकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल