Weather : 16.12° Celsius Kathmandu
धादिङ : धादिङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा रोहित भण्डारी सर्वसम्मत चयन भएका छन् ।
भण्डारीको प्यानलबाट सवै पदमा सर्वसम्मत चयन भएपनि बरिष्ठ उपाध्यक्ष पदमा भने दुइ जनाको उम्मेद्वारी परेको थियो ।
बरिष्ठ उपाध्यक्ष पदमा उम्मे्दवारी दिएका अर्का उम्मेद्वार सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिएसंगै भण्डारी सर्वसम्मत बरिष्ठ उपाध्यक्ष हुने भएका हुन् ।
शुक्रवार मध्यरातमा सुदर्शन रिजाल र रोहित भण्डारीवीच सहमति भएको हो । धादिङ उद्योग बाणिज्य संघमा सुर्दशन रिजालले उठाएका एजेण्डाहरुलाई रोहित भण्डारीको टिमले समेटेर लैजाने कुरामा भण्डारीले सहमति जनाएपछि सहमति जुटेको हो ।
सहमति गराउनको लागि धादिङ उद्योग बाणिज्य संघका बर्तमान कार्यसमिति पदाधिकारी तथा विभिन्न राजनैतिक दलका नेतृत्वहरु लागिपरेका थिए ।
यो संगै धादिङ उद्योग बाणिज्य संघको ११ औ अधिवेशनबाट चुनिने सवै पदहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सवै पदहरुमा एकल उम्मेद्वारी परेको भएपनि खुल्ला सदस्यमा २ जनाको बढी उम्मेद्वारी परेको थियो ।
पछि दुवैजनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि सवैपदहरुमा सर्वसम्मत भएको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ ।