अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद
Pageutter

नेपाल फेरि उपविजेतामै सीमित, बंगलादेश च्याम्पियन

Nikantha Na Pa
नेपाल फेरि उपविजेतामै सीमित, बंगलादेश च्याम्पियन

काठमाडौं : नेपालले साफ च्याम्पियनसिप २०२४ मा पुनः उपविजेतामा सीमित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २-१ पराजित गरेसँगै नेपाल उपविजेतामै खुम्चिएको हो। 

योसँगै बंगलादेशले लगातार साफ जित्न सफल भएको छ। अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई यही मैदानमा ३-१ ले हराएको थियोे। 

Sahid Memorial
Pageutter
Pageutter

बंगलादेशलाई मनिका चक्माले सुरुआती अग्रता दिलाइन्। उनले ५३औं मिनेटमा प्रीति राईले गरेको गल्तीमा गोल गरेकी हुन्। ग‍ोलरक्षक एन्जिला तुम्बापोले बचाउने प्रयास गरेपनि सकिनन्। 

Between Description 4

तर, त्यसको दुई मिनेटपछि नै अमिषा कार्कीले गोल फर्काइन्। प्रीतिको थ्रू बलमा अमिषाले काउन्टर अट्याकमा गोल गरेकी हुन्।

८१औं मिनेटमा बंगलादेशले पुनस्अग्रता लियो। ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई एन्जिलाले बाहिर पठाउने प्रयास गरेपनि असफल हुँदा नेपाल खेलमा पछि पार्यो।  घरेलु मैदानमा यसपटक उपाधि जित्ने नेपालको सपना पुन अधुरै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3