धादिङ स्पेशल / बेनिघाट / फिचर / नेपाल / राजमार्ग

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / फिचर / नेपाल / राजमार्ग

कृष्णभीरमा फेरी पहिरोको जोखिम : दोहोरिन सक्छ दुइ दशकअघिको विकराल समस्या

कृष्णभीरमा फेरी पहिरोको जोखिम : दोहोरिन सक्छ दुइ दशकअघिको विकराल समस्या

धादिङ : पृथ्वीराजमार्गमा यात्रा गर्ने जोकोहीलाई पक्कै याद होला कृष्णभीर । यही भीरमा २०५७ सालदेखि सुरु भएको पहिरोले धेरैको ज्यान लियो । देशका अधिकाँश जिल्लाहरुलाई राजधानी संग जोड्ने सडक ७ वर्षसम्म यही भीरका कारण अस्तब्यस्त बनिरह्यो ।

कृष्णभीरमा २०५७ साल जेठ ११ गते पहिलो पटक पहिरो गएको थियो, त्यसले १३ घण्टा पृथ्वीराजमार्ग अवरुद्ध भएको थियो । २०५७ साउन २७ गते यति ठुलो पहिरो गयो कि त्यसले ११ दिनसम्म राजधानी भित्रनै नाका नै ठप्प बनाइदियो ।

तत्पश्चात सरकारी प्रयासबाटै पहिरो रोकथामको काम सुुरु गरियो । तत्कालिन सडक विभागकै इन्जिनियर नरेशमान शाक्यको नेतृत्वमा पहिरो रोकथामको काम अघि बढाएर बायोइन्जिनियरिङ प्रविधिको प्रयोग गरी पहिरो रोकथाम भयो ।

तर यतिबेला कृष्णभीरमा फेरी पहिरो सल्वलाएको छ । पृथ्वीराजमार्गको एक लेनमा सवारी चलाउनै नमिल्ने गरी सडक भासिइसकेको छ । जसका कारण उक्त क्षेत्रमा पृथ्वीराजमार्ग ‘एकतर्फी’ बनेको छ ।

हरेक वर्ष त्रिशुली नदीमा आउने बाढीले पहिरो रोकथामका लागि नदीकिनारमा लगाएको पर्खालहरु भत्काउदै लगेको छ भने नदीकिनारमा पहिलो झर्न सुरु भइसकेको छ । गत साता परेको ३ दिनको अविरल वर्षापछि त्रिशुली नदीको बहाव बढ्दा पहिरोको सुुरक्षाका लागि लगाएका पर्खालहरुलाई समेत लडाएको छ ।

                             त्रिशुली किनारमा बाढीले भत्काएको पर्खाल तथा ग्याविन जालीहरु, त्यसपछि सुरु भएको पहिरो

कष्णभीरको सडक भासिएर राजमार्ग एकतर्फी भएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा खानी तथा भुगर्भ विभागबाट भुगर्भविदहरु झिकाएर पहिरोको अध्ययन गराइएको छ ।

कृष्णभिरमा जताततै पहिरो सुरु भएको तथा सडक र पहिरोको सुरक्षाको लागि त्रिशुली नदि किनारमा बनाइएको पर्खालहरु भत्किन थालिसकेको अध्ययनमा रहेका भुगभर्वविद सौनक भण्डारीले बताए ।

भण्डारीले भने, ‘खोला किनारमा बनाइएको सुरक्षा पर्खाल त्रिशुली नदीको बाढीले भत्काएपछि माथीको पहिरो तलतिर तानिएको छ, जसले गर्दा राजमार्गसम्म पहिरो तानिएर भासिएको छ । अवस्था हेर्दा धेरै नै जोखिम बढेको छ । तत्कालै न्युनिकरणका काम नथाल्ने हो भने यसले धेरै दुःख दिन सक्छ ।’

चाडपर्वका कारणले पृथ्वीराजमार्गमा सवारीको चाप बढेको र कृष्णभीरमा राजमार्ग एकतर्फि बनेपछि सुरक्षाकर्मी परिचालन गरेर सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

‘पहिरोको प्राविधिक पक्षको अध्ययन भइरहेको छ, पहिरोको विस्तृत अध्ययन पश्चात यसको जोखिम न्युनिकरणका लागि भुगर्भविदहरुले आफ्नो ठाउँबाट लाग्नुहुनेछ, हामी हाम्रो ठाउँबाट लागि पर्छौ ।’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘ठुला चाडपर्वहरु नजिकै रहेकाले गर्दा राजमार्गमा सवारीको चाप बढेको हुँदा तत्कालको लागि सवारी आवतजावतलाइ प्राथमिकता दिइएको छ ।’

कृष्णभीरमा पहिरो रोकथामका लागि अपनाइएको बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरेकै १८ वर्ष भइसकेको छ । पहिरो रोकथाम भएपछि पनि समय समयमा अध्ययन र मर्मतसम्भार हुनुपर्नेमा पहिरोको बेवास्था भएकाले अहिले फेरी समस्या देखिन थालेको हो ।

नौविसे मुग्लिन सडकखण्ड यतिबेला स्तरउन्नतीको चरणमा छ । भासिएको सडकलाइ थप क्षति हुन नदिनको लागि त्यही आयोजनाले चर्किएका ठाउँहरु टाल्ने र त्यहाबाट पानीको निकास बन्द गराएर अस्थायी समाधान सुरु गरेको छ तर कुनबेला यसले थप जोखिम नित्याउछ भन्न सकिने अवस्था छैन ।

                            त्रिशुली नदीपारीबाट खिचिएको तत्कालिन कृष्णभीरको पहिरो : तस्विर नरेशमान शाक्य

१० वर्षअघि नै त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसको भुगर्भ विभागका तत्कालिन सह प्राध्यापक डा. रन्जन कुमार दाहालले ‘जाग्दैछ कृष्णभीर’ भनेर सरकारको ध्यानाकर्षण गराएका थिए । 

बायोइन्जिनियरिङ प्रविधि भनेको लगातार हेरचाह गरिरहनुपर्ने प्रविधि रहेकाले बढेका घाँसपात, थुनिएका खोल्सो आदि मर्मत सम्भार गरिरहन पर्ने कुरा दाहालले औल्याएका थिए ।

तर सडक किनारामा भन्दा बाहेक अरु ठाउँमा मर्मत सम्भारको काम भएको देखिएको थिएन । पहिरो रोकिन थालेपछि आवश्यक रेखदेखकै अभावमा विस्तारै पहिरो सल्वलाउन थालेका बेला अहिले फेरी ठुलै जोखिम बढ्ने गरी राजमार्ग भासिन पुगेको छ । 

सम्वन्धित सरोकारवाला निकायहरुको बेलैमा ध्यान नजाने हो भने यस फेरी दुइ दशक अघिकै विकराल समस्या निम्त्याउने निश्चित छ ।

फोटो : पोषनाथ अधिकारी/कान्तिपुर टिभि

कृष्णभीर पहिरो सम्वन्धी केही समाचारहरु
पहिरो रोकथामको उदाहरण कृष्णभीर

कृष्णभीर पहिरोको वीस वर्ष : अझै पनि झस्काइरहन्छ, यसरी भएको थियो नियन्त्रण

नरेशमान शाक्यः जसले रोके कृष्णभीरको पहिरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल