Weather : 21.12° Celsius Kathmandu
धादिङ : गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको गृहमन्त्रालयले जनाएको छ। विपद्मा परेर कम्तीमा ३१ जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ।
विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन्।अझै १० जना बेपत्ता रहेका छन्। धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७र७ जनाको मृत्यु भएको गृहमन्त्रालयद्धारा सार्वजनिक विवरणमा उल्लेख छ ।
भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २र२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १र१ जनाको मृत्यु भएको छ।
पहिरोमा परी प्रमुख सेनानी ९कर्णेल० मिलन केसीको पनि ज्यान गएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बाढीपहिरो र डुबानरकटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन्। ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन्। बाढीपहिरोमा २ सय ७२ वटा पशुरचौपाया मरेका छन्।
काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ। २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ।