धादिङ स्पेशल / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज
Pageutter

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन २२ गते धादिङबेसीमा हुने,१८ देशबाट १३४ प्रतिनीधि सहभागी हुँदै

Nikantha Na Pa
अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन २२ गते धादिङबेसीमा हुने,१८ देशबाट १३४ प्रतिनीधि सहभागी हुँदै

धादिङ : अन्तर्राष्ट्रिय धादिङ समाजको तेस्रो महाधिवेशन यही असोज २२ गते अर्थात अक्टोबर ८ मा धादिङको सदरमुकाम धादिङबेसीमा हुँदै छ ।

धादिङबेसी स्थित क्रिक रिसोर्टमा हुने उक्त महाधिबेशनमा विश्वका १८ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय ३४ जना प्रतिनीधी सहभागी हुने अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले बागमती कलमलाई जानकारी दिनुभयो ।

अध्यक्ष खकुरालका अनुसार महाधिवेशनमा अमेरिकाबाट १५ जना , जापानबाट १५ जना, अष्ट्रेलियाबाट १५ जना, बेलायतबाट १० जना, कोरियाबाट ७ जना सहभागी हुँदैछन् ।

यस्तै भारत बाट १५ जना, कतारबाट १० जना, यूएईबाट १० जना, बहराईनबाट २ जना , बेल्जियमबाट १० जना, पोर्चुगलबाट १० जना, फिनल्याण्डबाट ५ जना, मकाउबाट १ जना, फ्रान्सबाट १ जना , क्यानडाबाट १ जना , नेपालबाट ५ जना , नेदरल्याण्डबाट १ जना र चेक रिपब्लिकबाट १ जना सहभागी हुने खकुरालले बताउनुभयो ।

Sahid Memorial
Pageutter
Pageutter

महाधिवेशनको तयारीका लागि समाजका केहि सदस्यहरु नेपाल आईसकेका छन् । महाधिवेशनमा भौतीक उपस्थिति जनाउन नसक्ने प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिने छन् । उनीहरुले पनि उम्मेदवार बन्न र मताधिकार प्रयोग पाउने व्यवस्था गरिएको उहाँको भनाई छ ।

Between Description 4

अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ । ति शाखाहरुले तोकिएको प्रतिनीधहरु पठाउने र तोकिएका प्रतिनीधिहरुले तोकिएको प्रतिनीधि शुल्क समाजको खातामा डिपोजिट गरेको भौचर प्राप्त भएपति मात्रै मान्यता लिईने अध्यक्ष खकुरालले बताउनुभयो ।

महाधिवेशनको लागि एनआरएन आईसीसीका उपाध्यक्ष रामशरण सिमखडा (यूके) को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिको सदस्य सचिव हरिराम बुर्लाकोटी (अमेरिका), सदस्यहरुमा चिज कुमार तामाङ (पोर्चुगल), किरण अधिकारी (अस्ट्रेलिया) र कृष्ण खनाल (जापान) रहनुभएको छ ।

यस्तै निर्वाचन सुपरिवेक्षणमा एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल, एनआरएनए आइसिसी सचिव मनोज गोर्खाली र अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तमान अध्यक्ष नानुकाजी अर्याल रहनुभएको छ ।

२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) मा धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थ समिति बनेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो। उक्त अधिबेशनबाट अध्यक्षमा पुनः नानुकाजी श्रेष्ठ चयन हुनुभएको थियो भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका हुनुभएको थियो ।

भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बेल्जियम, सविन थपलिया अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती धादिङ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन हुनुभएको थियो ।

तेस्रो महाधिवेशन सफल गर्न सम्पूर्ण सम्बन्धित संघ सस्था तथा प्रतिनिधिहरुलाई अध्यक्ष राजन खकुरालले अपिल गर्नुभएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3