Weather : 21.12° Celsius Kathmandu
धादिङ : जिल्ला अदालत धादिङले ६ वर्ष अघि बलात्कार गरी फरार भएको घटना सम्बन्धी मुद्दाको फैसला सुनाएको छ ।
५७ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुर कायम गर्दै जिल्ला अदालतले नीलकण्ठ नगरपालिका वडा नम्बर २ का चित्रबहादुर गुरुलाई ७ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
शुक्रवार जिल्ला न्यायधिस मनकुमारी जिएम विकको इजलासले कसुरदारलाई ७ वर्ष कैद गर्दै २ लाख रुपैयाँ जरिवाना गर्न तथा पीडितलाई सो जरिवानाको रकम क्षतिपूर्ति दिन फैसला गर्नुभएको हो ।
२०७५ साउन २७ गते कसुरदारले महिलालाई बलात्कार गरेको भन्र्दै पीडित पक्षले ०७५ मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउनुभएको थियो । सोही दिन जिल्ला अदालत धादिङमा पीडितको स्वास्थ्य परिक्षण भएको थियो ।
०७५ पुस २४ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा संलग्न चित्रबहादुर गुरुङ फरार भएकोले मुद्दा ०७६ कात्तिक २५ गते मुल्तबीमा राखिएको थियो । सर्वोच्च अदालतले २ वर्ष पुराना मुद्दा बाँकी नराख्नु भन्ने आदेश र जिल्ला अदालतको पुराना मुद्दाको किनारा लगाउने निति अन्तरगत २०८० माघ १२ गते मुद्दा मुल्तबीबाट जगाइएको थियो ।
हालपनि उक्त मुद्दाको कसुरदार फरार रहेका छन् ।