Weather : 20.12° Celsius Kathmandu
काठमाडौं : प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा चेल्सीलाई २–० ले पराजित गर्दै उपाधि रक्षा अभियान थालेको छ ।
आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि एर्लिङ हालान्ड र माटेओ कोभासिसले गोल गरे ।
खेलको १८औं मिनेटमा हालान्डले बर्नार्डो शिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै कोभासिसले खेल सिकन ६ मिनेट बाँकी हुँदा सिटीका लागि दोस्रो गोल गरे । जितपछि सिटीले ३ अंक जोडेको छ ।
चेल्सीले भने हारबाट लिगको सुरुवात गरेको छ । प्रिमियर लिगको पहिलो चरणको अन्तिम खेलमा आज राती टोटनहम र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।