गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ गाउँ-समाज / स्वास्थ्य

एमपक्स प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

Mahotsap
एमपक्स प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स) प्रकोप फैलिएपछि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा फैलिरहेको जनाइएको छ।

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए। 

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको संक्रमण हुने गर्दछ। यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ। यसको लक्षण फ्लू जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ।

यो रोग लागेका सयमध्ये चार जनाको मृत्यु भएको पाइएको छ। बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकन, केन्या र रुवाण्डासहित अन्य अफ्रिकी देशहरूमा यो रोग फैलिएको छ। 

Between Description 4

एमपक्सलाई वैश्विक स्वास्थ्य आपतकालको रूपमा घोषणा गरिनाले अनुसन्धान, अर्थ संकलन, र स्वास्थ्य उपचारका अन्य अन्तर्राष्ट्रिय उपायलाई गति दिने आशा गरिएको छ।

घातक र चिन्ताजनक

एमपक्सका मुख्य दुई प्रकार छन्–क्लेड १ र क्लेड २ । सन् २०२२ मा क्लेड–२ प्रकारको संक्रमण फैलिँदा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । यसपटक क्लेड–१ संक्रमण देखिएको छ । यो क्लेड–२ को तुलनामा घातक रहेको वैज्ञानिकहरुले बताएका छन् ।

डब्ल्यूएचओले एमपक्सविरुद्ध दुईवटा भ्याक्सिनलाई स्वीकृति दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोसले एमपक्सको संक्रमण फैलावटको स्थिति चिन्ताजनक रहेको बताएका छन् । 

उनले यसबाट हुने मृत्युदर रोक्न स्वास्थ्य सतर्कताका सटिक र व्यापक अभियान सञ्चालन आवश्यक रहेको बताएका छन् । साथै प्रभावित देशका सरकार, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र अन्य साझेदारहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् ।

डब्ल्यूएचओले त्यसको फैलावट रोक्नका लागि निगरानी, तयारी र कारबाही सम्बन्धी गतिविधि सन्चालन गर्न सुरुमा डेढ करोड डलर आवश्यक पर्ने जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोसका अनुसार १४ लाख डलर आपदा कोषमा जम्मा गरिएको छ । कोषमा थप रकम दान गर्न पनि उनले विश्व समुदायलाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल