अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद
Pageutter

आईसीसी विश्वकप लिग टु : अमेरिकाको विजयी सुरुवात

Nikantha Na Pa
आईसीसी विश्वकप लिग टु : अमेरिकाको विजयी सुरुवात

काठमाडौं : अमेरिकाले आईसीसी  विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ।  विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेलेको  अमेरिकाले जितका साथ सुरुआत गरेको हो।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो।

नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा अमेरिकाले क्यानडामाथि १४ रनको जित हात पारेको हो। अमेरिकाले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो।  क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन जोडे। उनले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे । 

ओपनर आरोन जोनसनले ४१ बलमा ५५, डेलिन हेलिङ्गरले ६५ बलमा ५६ ,प्रगत सिंहले ५१ बलमा ४२, कप्तान निकोलस किर्तनले १७ बलमा १४ र कलिम सानाले अविजित १० रन जोडे।

 

Sahid Memorial
Pageutter
Pageutter

अमेरिकाका लागि नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदिप सिंहले समान २ तथा स्टेभन टेलर र हरमित सिंहले समान १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोडेको थियो। 

Between Description 4

अमेरिकाका लागि कप्तान मोनांक पटेलले अविजित रुपमा १ सय २१ रनको शतकीय पाली खेलेका थिए। उनले ९५ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए। ओपनर स्मिथ पटेलले ८३ बलमा ६३, शयान जाहान्गिरले ४७ बलमा ५७ रन जोडे । स्टेभन टेलरले २७ र आरोन जोन्सले १५ रन जोडे।

क्यानडाका लागि प्रगत सिंह, साद विन जाफर, हर्ष ठाकर र डिलोन हेलिङ्गरले समान १ विकेट लिए। जितसँगै ८ टोली सहभागी लिग टु मा २ अंकका साथ अमेरिका छैटौं स्थानमा छ। 

पहिलो राउन्डको सिरिजमा शतप्रतिशत जित निकालेको क्यानडा लगातार दोस्रो हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ। शीर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3