Weather : 20.12° Celsius Kathmandu
धादिङ : जिल्ला प्रहरी कार्यालय धादिङमा रहेको बेवारिसे मोटरसाईकल तथा स्कुटरको लिलामी गरिएको छ । नेपाल प्रहरीले जिल्लामा पहिलो पटक बेवारिसे मोटरसाईकलको लिलामी गरेको हो ।
विभिन्न चेकजाँचको क्रममा तथा अन्य अवस्थामा बेवारिसे अवस्थामा फेला पारेको १ सय ९० मोटरसाईकल र स्कुटर लिलामी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
लिलामीका लागि विभिन्न ५ ओटा सप्लायर्सले टेण्डर हालेकोमा समित एक्सपा सेन्टरले टेण्डर पारेको हो । नेपाल प्रहरीको हेडअफिसको स्विकृतिमा भ्याट बाहेक ७ लाख ९१ हजारमा पत्रु मोटरसाईकल लिलामी गरिएको मिश्रले बताउनुभयो ।
लिलामी गरिएको मोटरसाईकल र स्कुटर पत्र बनाएर सप्लायर्सले आज लगेको हो । मुद्दामा रहेको मोटरसाईकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएको छैन ।
लिलामीमा लगिएको मोटरसाईकल र स्कुटर पुरानो नम्बरमा प्रयोग गर्न नपाइने प्रहरीले जनाएको छ ।