अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

एमबाप्पे रियलमा औपचारिक रुपमा सार्वजनिक

Nikantha Na Pa
एमबाप्पे रियलमा औपचारिक रुपमा सार्वजनिक

काठमाण्डौ : फ्रान्सका युवा फुटबलर केलियन एम्बाप्पेले स्पेनी क्लब रियल मड्रिडसँग ५ वर्षको सम्झौता गरेका छन् । क्लबका अध्यक्ष फ्लोरेन्तिनो पेरेज र फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले आज सम्झौता हस्ताक्षर गरेका हुन् ।

सम्झौताअघि एम्बाप्पेको मेडिकल जाँच भएको थियो । मेडिकल जाँच पास भएपछि उनलाई ८० हजार जना दर्शकको अघि मड्रिडको सान्टियागो बर्नबेउ स्टेडियममा उपस्थित गराइएको थियो । उनले ९ नम्बरको जर्सी लगाउनेछन् ।

एम्बाप्पेले रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले जस्तै सुविधा पाउनेछन् । यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा रहेका एम्बाप्पेले टोलीका लागि सबैभन्दा धेरै २ सय ५६ गोल गरेका छन् ।

Between Description 4

एम्बाप्पेले सन् २०२९ सम्म रियल मड्रिडमा रहँदा हरेक सिजन १५ मिलियन युरो पाउनेछन् । यस्तै ५ वर्षे सम्झौता अवधिमा १ सय ५० मिलियन बोनसका साथै तस्बिरको कपिराइट बापतको रकम पनि उनले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल