Weather : 22.12° Celsius Kathmandu
धादिङ : आजदेखि मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार केबुलकारको डिजिटल सिस्टम स्तरोन्नति गर्न केबुलकार बन्द गरिएको हो।
एनालग प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो ।
गोरखाको सहिद लखन गाउँपालिकामा रहेको धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा ल्याइएको केबलकारको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको जनाइएको छ ।
यसका दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका छन् ।