धादिङ स्पेशल / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज

मनसुन भित्रिएको २७ दिनमा विपदजन्य घटनाबाट ४७ जनाको मृत्यु

Smart Ghar
मनसुन भित्रिएको २७ दिनमा विपदजन्य घटनाबाट ४७ जनाको मृत्यु

धादिङ : नेपालमा मनसुन भित्रिएको २७ दिनमा विपदजन्य घटनाबाट ४७ जनाको ज्यान गएको छ ।

गत जेठ २८ गते मनसुन भित्रिएपछी हिजोसम्मको क्षति विश्लेषण गर्दा ४७ जनाले ज्यान गुमाएको र ८ करोडभन्दा बढीको क्षति भएको जलवायुविज्ञ डा.धर्म उप्रेतीले बताउनुभयो ।

मनसुन भित्रिएपछी मुसलधारे वर्षा शुरु हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी ३ महिनाभित्र नेपालमा विपदबाट ठूलो नोक्सानी हुने देखिएको उहाँले बताउनुभयो ।

२७ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको र यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सयवटा जलवायुजन्य घटनाहरु बाढी, पहिरो, डुबान, चट्याङ भएको उहाँको भनाई छ ।

हिजो देखि धादिङसहित देशका धेरै ठाउँमा निरन्तर मनसुनी वर्षा भैरहेको छ । 

नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभरि सक्रिय छ। आइतवारसम्म अत्यधिक पानी पर्ने भएकाले सावधानी अपनाउन र सतर्क रहन विज्ञहरुले आग्रह गरेका छन्।

आगामी दिनमा सीमित भूभागमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

असारमा औसतभन्दा कम पानी पर्दा नै क्षति ठूलो भइसकेको भन्दै आगामी ३ महिनामा बेहोर्नुपर्ने क्षतिको भार नेपालले थाम्न गाह्रो पर्ने जलवायुविज्ञ डा।उप्रेतीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल