अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै क्यानडा कोपाको सेमिफाइनलमा

Smart Ghar
भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै क्यानडा कोपाको सेमिफाइनलमा

काठमाडौं : क्यानडा कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टीसुटआउटमा ४–३ ले पराजित गर्दै पहिलो पटक कोपा खेलिरहेको क्यानडाले अन्तिम चारको यात्रा तय गरेको हो ।

अब सेमिफाइनलमा क्यानडाले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ । सुरुआती पाँच पेनाल्टी प्रहार गर्दा दुवै टिमले ३–३ गोल गरेका थिए । भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुके । त्यसपछि क्यानडाका लागि अन्तिम पेनाल्टी प्रहार गरेका स्माएल कोनेल गोल गर्दै जित दिलाए ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । १४औं मिनेटमा ज्याकोब साफेलबर्गले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । तर भेनेजुएलाका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

कोपा बाँकी क्याटरफाइनलमा आइतबार बिहान कोलम्बिया र पानामा तथा उरुग्वे र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल