अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

युरो कप : पोर्चुगललाई पेनाल्टी सुटआउटमा रहाउँदै फ्रान्स सेमिफाइनलमा

Smart Ghar
युरो कप : पोर्चुगललाई पेनाल्टी सुटआउटमा रहाउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं : पोर्चुगललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दुई पटकको विजेता फ्रान्सले एक पटकको विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो ।

फ्रान्सका लागि थियो हर्नानर्डजले विजयी पेनाल्टी प्रहार गरे । त्यसअघि उसमान डेम्बेले, युसुफ फोफाना, जुल्स मोन्डे र ब्राडली बार्कोलाले गोल गरेका थिए । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो, बर्नार्ड शिल्भा र नुनो मेन्डेजले गोल गरे । जाओ फेलिक्स भने गोल गर्न असफल भए । उनको प्रहार पोष्टमा लाग्यो ।

त्यसअघि निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्तमा गोलरहित भएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । क्रिस्टियानो रोनाल्डो भर्सेस केलिएन एमबाप्पेबीचको खेलको रुपमा हेरिए पनि दुवैले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । एमबाप्पे अतिरिक्त समयमा सब्सिच्युट भएका थिए ।

आफ्नो करियरकै अन्तिम युरो खेलिरहेका रोनाल्डोको दोस्रो पटक युरो जित्ने लक्ष्य भने अधुरै रह्यो । उता नाकमा चोट लागेपछि मास्क लगाएर खेलिरहेका एमबाप्पेको प्रदर्शन अपेक्षा गरिए अनुसार देखिएको छैन ।

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । पहिलो क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई अतिरिक्त समयमा २(१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल