Weather : 21.12° Celsius Kathmandu
पोखरा : पोखरा महानगरपालिका–५ जिरो किलोस्थित एनएमबी बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका हाल पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन्।
मंगलबार बिहान साढे २ बजे जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी रकम चोरी गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपेर चोरी उद्योग मुद्दामा अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।