धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

कार भित्र फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल

कार भित्र फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल

धादिङ सदरमुकाम धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल रहेको खुुलेको छ ।

नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडिमा अपरिचित ब्यक्तिले राखेको सुटकेस झण्डै ५ घन्टा पछि नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ ।

नेपाली सेनाको विज्ञ टोलीले सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरु भेटिएको हो । शंकास्पद बस्तु फेलापरेपछी बिचबजार बजार क्षेत्र सिल गरिएको थियो भने दिनभर धादिङबेशी बजारमा तनावको स्थिति सिर्जना भएको थियो ।

कारमा शंकास्पद बस्तु राख्ने एक जनालाई सिसिटिभि फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट गिरफ्तार गरेको धादिङका प्रहरी उपरिक्षक गौतम केसीले जानकारी दिनुभयो ।

नेपाली सेनाको शिवदल गणका गणपति अरुण कार्कीका अनुसार झोलामा भएको शंकास्पद बस्तुको बिसयमा थप अध्ययन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल