धादिङ स्पेशल / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / अपराध

धादिङमा बालिका बलात्कारका आरोपी एक किशोरलाई १२ वर्ष कैद,४ लाख ६६ हजार जरिवाना

Nikantha Na Pa
धादिङमा बालिका बलात्कारका आरोपी एक किशोरलाई १२ वर्ष कैद,४ लाख ६६ हजार जरिवाना

धादिङ : जिल्ला अदालत धादिङले बालिका बलात्कार गरेको कसुरमा एक किशोरलाई १२ वर्ष कैद र रु ४ लाख भन्दा बढि जरिवाना गर्ने फैसला गरेको छ।

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।

कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र सोही रकम पीडितलाई क्षतिपुर्ति दिने फैसलामा उल्लेख छ ।

कसुरदारले ०८० चैत १ गते नाबालिकालाई नीलकण्ठ नगरपालिका–८ मा बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिइएको थियो ।

Between Description 4

उक्त किशोरलाई जिल्ला प्रहरी कार्यालयले ०८० चैत ७ गते गिरफ्तार गरेको थियो । पीडितको धादिङ अस्पतालमा चैत ७ गते स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला अदालतमा ०८० चैत २८ गते दर्ता भएको मुद्दाका कसुरदार बालकलाई जिल्ला अदालतको आदेशले बालसुधार गृह भक्तपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
100 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल