धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज / अपराध

नक्कली सुनको मूर्ति दिएर ३० लाख ठगी,धादिङका दीपकसहित पाँचजना पक्राउ

Smart Ghar
नक्कली सुनको मूर्ति दिएर ३० लाख ठगी,धादिङका दीपकसहित पाँचजना पक्राउ

काठमाडौँ : सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास, धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दिपक थापा, काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन, म्याग्दीका ६४ वर्षीय क्षेत्र बहादुर शाही र दाङका ३५ वषीय बसन्त चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूले कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई ३० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट नक्कली सुनको मूर्ति र १४ लाख नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल