अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

कार्लोस अल्कारेजले जिते फ्रेन्च ओपनको उपाधि

Nikantha Na Pa
कार्लोस अल्कारेजले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं : फ्रेन्च ओपनको उपाधि कार्लोस अल्कारेजले जितेका छन्। 

५ सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा जर्मनीका अलेजान्डर जेभरेभलाई ३–२ ले पराजित गर्दै अल्कारेजले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्।

पेरिसको रोला ग्यारो क्ले कवर्टमा भएको फाइनलमा तेस्रो वरियताका स्पेनीस स्टार अल्कारेजले जेभरेभलाई ६–३, २–६, ५–७, ६–१,  ६–१ ले पराजित गरे।अल्कारेसको यो तेस्रो ग्राण्ड्सलाम उपाधि हो।

Between Description 4

उनले यसअघि २०२२ मा युएस ओपनर र गतवर्ष विम्बलडन ओपनको उपाधि जितेका थिए। २१ वर्षीय अल्कारेजले ३ फरक सर्फेसमा ग्राण्ड्स्लाम उपाधि जित्ने कान्छो खेलाडीसमेत बनेका छन्।

चौथो वरियताका जेभरेभ करियरको पहिलो ग्राण्ड्स्लाम जित्ने अभियानमा तरहेपनि सफल हुन सकेनन्। २७ वर्षीय जेभरेभ दोस्रो पटक ग्राण्ड्स्लाम फाइनलमा पराजित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल